सिमकोट । खानेपानीमा क्लोरिनको कमि भएपछि सिमकोट गाउँपालिकाले सिमकोट खानेपानी आयोजनामार्फत वितरण भएका
खानेपानीका सबै
धारामा क्लोरिन मिसाउने मेसिन जडान गरिएको छ ।
युनिसेफको आर्थिक सहयोगमा सिमकोट गाउँपालिकाले जिल्ला सदरमुकाम सिमकोट बजारमा वितरण गरिएका ३ हजार २ सय बढि
घरधुरीमा वितरण
गरिएको धारमा क्लोरिन मिसाउन मेसिन जडान गरिएको हो
सिमकोट खानेपानी आयोजनाद्धारा वितरण गरिएका खानेपानीमा बढ्दो संक्रमण हुनसक्ने भएपछि मध्यनजर गर्दै बुधबार
उक्त मेसिन सूचारु गरेपछि औपचारिक रुपमा सिमकोटको खानोपनीमा क्लोरिन मिसाइएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष
शुसिला रोकायाले जानकारी दिनुभयो ।