सिमकोट । खानेपानीमा क्लोरिनको कमि भएपछि सिमकोट गाउँपालिकाले सिमकोट खानेपानी आयोजनामार्फत वितरण भएका खानेपानीका सबै धारामा क्लोरिन मिसाउने मेसिन जडान गरिएको छ । युनिसेफको आर्थिक सहयोगमा सिमकोट गाउँपालिकाले जिल्ला सदरमुकाम सिमकोट बजारमा वितरण गरिएका ३ हजार २ सय बढि घरधुरीमा वितरण गरिएको धारमा क्लोरिन मिसाउन मेसिन जडान गरिएको हो । सिमकोट खानेपानी आयोजनाद्धारा वितरण गरिएका खानेपानीमा बढ्दो संक्रमण हुनसक्ने भएपछि मध्यनजर गर्दै बुधबार उक्त मेसिन सूचारु गरेपछि औपचारिक रुपमा सिमकोटको खानोपनीमा क्लोरिन मिसाइएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले जानकारी दिनुभयो ।
सदरमुकाम सिमकोट नजिक रहेको हुमाने खोलाको मुहानबाट ल्याइएको खानेपानीमा विभिन्न किटाणु भएको प्राविधिक प्रतिवेदनका आधारमा क्लोरिनेसन मेसिन जडानका गर्ने कार्य शुरु गरिएको बताउनु भएकी उपाध्यक्ष रोकायाले भन्नुभयो ‘सिमकोट गाउँपालिका वडा नम्वर ५, ६ र बजारबासी गरेर ३ हजार २ सय मानिसहरु सो खाने पानी उपभोग गर्दै आएका छन् । उनिहरुको स्वास्थ्यलाई ख्याल गर्दै गाउँपालिका र युनिसेफले मेसिन जडान गरी खानेपानी आयोजना कार्यालयका कर्मचारीलाई समेत तालिम प्रदान गरेर सुद्ध खानेपानी सप्लाई गर्न हामीले यो मेशिन जडान गरेका हौं ।’
गत वर्ष उक्त खानेपानीको रिर्जव ट्याँकीमा दिसाबाट उत्पन्न हुने किरा देखिएपछि इकोलो औषधि प्रयोग गरिएको र पानीका क्लेरिन मिसाउनका लागि युनिसेफको आर्थिक सहयोगमा देव इन्जीनियरिङको प्राविधिक सहयोगमा मेसिन जडान गरिएको देव इन्जिनियरका वलराम अधिकारी अधिकारीले जानकारी दिनुभयो ।
यसअघि खोपानी सदृढिकरण गर्नकै लागि विभिन्न उपाय अपनाएपनि स्रोतसाधन अभावका काराण उक्त मेसिन जडान गर्न नसकिएको खानेपानी आयोजनाका उपाध्यक्ष राधिकार रोकायाले बताउनुभयो । मेसिन जडानले यहाँका स्थानीय नागरिकलाई कुनै पनि संक्रमण नहुने र अवेदखि स्वास्थ रहने भएको रोकायाले बताउनु भयो । कार्यक्रममा अभिव्यक्त गरेका बीचार भिडियोमा हेर्नुहोला