क्लोरिनेशनको क्षेत्रमा सुप्रिम अग्रसर
Wastewater treatment process

नेपालमा क्लोरिनेशन जडानको काम बढ्दो छ! विगत ५ वर्षदेखि नेपालमा सरकारी र गैर-सरकारी क्षेत्रका विभिन्न संस्थाबाट क्लोरिनेशन प्रणाली जडानको कार्य धामधामसँग भइरहेको छ। खानेपानी उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यस क्षेत्रमा ठूलो बजेट छुट्याइएको छ। सुप्रिम एसोसिएट्स ट्रेडर्सले विगत १५ वर्षदेखि देशका ७७ जिल्लामध्ये ६६ जिल्लामा क्लोरिनेशन जडान गर्न सफल भएको छ। सुप्रिमले डिजाइन गरेको दुई वटा ट्यांकी वाला क्लोरिनेशन प्रणाली नेपालभरि नै प्रचलित छ। कर्णाली, हुम्ला, बैतडी, रोल्पा, रुकुम, जाजरकोट, दैलेख, सङ्खुवासभा लगायतका जिल्लाहरूमा सुप्राइम क्लोरिनेशन प्रणाली पुगिसकेको भएता पनि अधिकांश खानेपानी उपभोक्ता समितिहरूले क्लोरिनेशन बिना नै पानी वितरण गर्दै आएको पाइन्छ। यस क्षेत्रमा नेपाल सरकार र गैर-सरकारी संस्थाको अझ बढी ध्यान जान आवश्यक छ।