सुप्रिम एसोसिएट्स ट्रेडर्स र हेल्भेटास नेपालको सहकार्यमा सुर्खेतमा स्मार्ट वाटर मिटर जडान
Wastewater treatment process

सुर्खेत : सुप्रिम एसोसिएट्स ट्रेडर्स र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको सहकार्यमा सुर्खेत जिल्लाको लेकबेशी नगरपालिकामा स्मार्ट वाटर मिटर जडान गरिएको छ। तिजुबोट बोडेपाटी खानेपानी तथा सरसफाई योजना र सतखानी खानेपानी तथा सरसफाई योजनामा DN 50 र DN 15 का एक/एक वटा, न्यावल खोला लावणा खानेपानी तथा सरसफाई योजनामा DN 15 को एक वटा, तथा हेल्भेटास सुर्खेतको कार्यालयमा DN 15 को एक वटा गरी जम्मा ६ वटा स्मार्ट वाटर मिटर जडान कार्य सम्पन्न भएको छ।

Wastewater treatment process

स्मार्ट वाटर मिटरले सामान्य मिटर जस्तै पानीको प्रवाह मापन गर्नका साथै निश्चित अन्तरालमा GPRS र LoRa WAN प्रविधिको प्रयोगबाट क्लाउड सर्भरमा डेटा अपलोड गर्छ। क्लाउड सर्भरबाट त्यो डेटा सजिलैसँग पढ्न र विश्लेषण गर्न सकिन्छ। यसअघि पनि सुप्रिम एसोसिएट्स ट्रेडर्सले खानेपानी संस्थान पोखरा र JICA को सहयोगमा पोखरामा ५०० वटा धारामा स्मार्ट वाटर मिटर जडान गरिसकेको छ।