नेपालका विद्यालयहरूमा स्वच्छ पिउने पानीको व्यवस्था एक महत्वपूर्ण मुद्दा बन्दै गएको छ। शुद्ध र स्वच्छ पिउने पानी सबै मानवहरूको आधारभूत अधिकार हो र विद्यालय, कलेज तथा अस्पतालहरूमा पिउने पानीको प्रभाव अझ धेरै देखिन्छ। वाटर फिल्टर प्लान्ट जडान गर्ने कार्यक्रमहरू केही विद्यालयहरूमा देखिए तापनि अधिकांश विद्यालयहरूमा फिल्टरबिना नै पानी पिउने प्रचलन छ।
स्वच्छ पिउने पानीले विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा महत्वपूर्ण भूमिका खेल्दछ। विद्यालयहरूमा प्रदूषित पानीको जोखिम स-साना केटाकेटी र बिरामी विद्यार्थीहरूमा अझ बढी रहन्छ। बालबालिकाको पाचन क्षमता कमजोर हुने भएकाले अशुद्ध पानीको असर उनीहरूमा बढी देखिन्छ। यदि विद्यालयहरूमा मात्र पनि शुद्ध पानी प्रदान गर्न सकियो भने नेपालमा पानीजन्य रोगहरूको धेरै मात्रामा निवारण गर्न सकिन्छ। स्वच्छ पानी प्रदान गर्नाले विद्यार्थीहरू स्वस्थ रूपमा पढ्न सक्छन्, जसबाट उनीहरूको शैक्षिक प्रदर्शनमा सुधार हुन्छ।
नेपालका विभिन्न क्षेत्रहरूका केही विद्यालयहरूमा वाटर फिल्टर प्लान्ट जडान गरिएको उदाहरण देख्न सकिन्छ। पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाले आ.व. २०७७/७८ मा सुप्रिम एसोसिएट्स ट्रेडर्सको सहयोगमा वीरगन्जका ९० वटा सामुदायिक विद्यालयमा वाटर फिल्टर प्लान्ट जडान गरेको छ। त्यस्तै, रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका स्थित दुधिअवा माध्यमिक विद्यालयमा गैरसरकारी संस्थाले वाटर फिल्टर जडान गरेको छ। गोरखाको पालुङटार नगरपालिका, काठ्मान्डौ स्थित शन्खरापुर नगर्पालिका, बारा स्थित महागढ़ीमाई नगरपालिका, झापा स्थित मेचीनगरपालिकाले पनि विद्यालयहरूमा शुद्ध पानीको व्यवस्थाको लागि वाटर फिल्टर प्लान्ट जडान गर्ने कार्यमा अघि बढेको पाइन्छ। वाटर फिल्टर प्लान्टले पानीमा भएका आर्सेनिक र आइरन लगायत अशुद्धतालाई फिल्टर गरी शुद्ध पानीको व्यवस्था गर्दछ। यस्ता कार्यक्रमहरूले विद्यालयहरूमा शुद्ध पिउने पानीको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छन्।
नेपालका अधिकांश विद्यालयहरूमा स्वच्छ पिउने पानीको व्यवस्था नभएको कारण वाटर फिल्टर प्लान्ट जडान गर्ने आवश्यकता बढ्दो छ। यसका लागि सरकारी र गैरसरकारी संस्थाहरूले संयुक्त रूपमा काम गर्ने आवश्यक छ।