August 20, 2025
काठमाडौँ — लायन्स क्लबले बुधबार राष्ट्रिय आविष्कार केन्द्रलाई यूभी प्रणालीयुक्त 'वाटर प्लान्ट' हस्तान्तरण गरेको छ ।
नेपाल लायन्स फाउन्डेसन र लायन्स क्लब अफ काठमाडौंको सहयोगमा साढे तीन लाख लागतको उक्त प्लान्ट राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरलाई प्रदान गरिएको कार्यक्रम संयोजक एवं क्लबका जोन चेयर पर्सन कृष्ण ढुंगानाले जानकारी दिए ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ जे नेपालका गभर्नर मिलन थापाले केन्द्रका महाप्रबन्धक सञ्जय झालाई प्लान्ट हस्तान्तरण गरेका थिए । केन्द्रमा रहेका जनशक्तिसहित बाहिरबाट अवलोकन भ्रमणमा आउने सयौं आगन्तुकलाई तातो पानीसहितको शुद्ध पिउने पानीको व्यवस्था गरेर लायन्स क्लबले पुण्यको काम गरेको भन्दै झाले धन्यवाद व्यक्त गरे ।
लायन्स क्लब अफ काठमाडौं युगदर्पणका अध्यक्ष विराज आचार्यले वैज्ञानिक महावीर पुनको महाअभियानमा सहयोग गर्न पाउनु गौरवको विषय भएको बताए ।