काठमाडौं महानगरपालिका, पानीपोखरी स्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग र काठमाडौं महानगरपालिका, गैरीधारा स्थित सुप्रिम एसोसिएट्स ट्रेडर्सको सहकार्यमा आ.व. २०८०/०८१ मा नेपालका विभिन्न जिल्लाहरूमा ४८ वटा क्लोरिनेशन प्रणाली जडान गरिएको छ। करिब ८८ लाख रुपैयाँको लागतमा सम्पन्न भएको यस आयोजनाले देशका विभिन्न स्थानका खानेपानी उपभोक्ताहरूमा पानीजन्य रोगहरूको जोखिम न्यून पार्दै, ग्रामीण तथा शहरी खानेपानी वितरणलाई अझ सुरक्षित र विश्वासनीय बनाउन मद्दत गरेको छ।